मिथिला नगरपालिकाको संक्षिप्त परिचय

मिथिला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ। विशव मानचित्रमा ८५° ५४' पूर्व देशान्तरदेखि ८६° १’ ३०” पुर्बी देशान्तरसम्म र २६° ५४' १५” अक्षाशदेखि २७° ७’ ३५” उत्तरी अक्षाशसम्म फैलिएर रहेको मिथिला नगरपालिका मधेश प्रदेशको एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४  वर्ग किलोमिटर  क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पशिचमतिर महोतरी जिल्ला, बटेश्वर गौपलिका, दक्षिनमा क्षिरेस्वरनाथ नगरपालिका र बटेश्वर गाउपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका  रहेका छन् । मिथिला नगरपालिकालाई २०७१ पौष २८ गत्ते नगरपालिका घोषणा  गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका, नकटाझिल, ढल्केबर र बेगाडावर गा. वि . स. समावेश गरि जम्मा ९ वडाहरु रहेका थिए भने मिती २०७३ फागुन २२ गत्ते साविकका तुलसी,  पस्पवलपुर गा.वि.स. र क्षिरेश्वर नगरपालिका वडा न. ८ र ९ समवेश गरि जम्मा १० वाडा कायम गरेको थियो भने २०७४ साल जेष्ठ ८ गत्तेको मन्त्रिपरिषद्को निर्णय अनुसार साविकमा बटेश्वर गाउपालिकामा समायोजना हुन गएको साविकको बेगाडाबर गा.वि स. को वडा ५,६ र ७ को तत्कालिन मिथिला नगरपालिकाको वडा नं ८ लाई पुन: मिथिला नगरपालिकामा समायोजन भइ हाल ११ वटा वडा कायम भएको छ । धनुषा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा सम्भावना बनेको नगरपालिकाको रुपमा मिथिला नगरपालिका त छदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दिगो बिकासको क्ष्रोतका रुपमा रहेका छन्। राष्ट्रिय जनगणना २०७८ को  तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४८६७६ जना रहेकोमा महिलाको जनसंख्या २४३६२ र पुरुषको २४३१४ रहेको छ ।  यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबस रहेको छ । 

 

मिथिला नगरपालिकाको बिस्तृत विवरण :

क्र. स. नयाँ वडा  समावेश गा. वि .स /नगरपालिका  जनसंख्या  महिला पूरुष घरधूरी संख्या  क्षेत्रफल(वर्ग कि. मि )
१  मिथिला (६) ३५८१  १७०६  १८७५  ७३१  ६.५३ 
२  २  मिथिला (१ ,२ ) ५९६७  २९९० २९७७  १२५८  ७.६६ 
३  ३  क्षिरेश्वरनाथ ना. पा. (८, ९ )  ६११५  ३०३५  ३०८० १२४५ १३.९८ 
४  ४  पुस्पवलपुर (१-९) २७८४ १४३३ १३५१  ६४१ ३२.६४ 
५  ५  मिथिला (३ ) २९७३  १४५९ १५१४  ५५२ ३१.९५ 
६  ६  मिथिला (५ ) ३१६२ ३०२४ ३१३८ १२७३  ४.५ 
७  ७  मिथिला (४ ) ३९८७  १९७४ २०१३ ९०२  १५.८१ 
८  ८  मिथिला (७ ) ४२८९  २२०२  २०८७  ९६१  १९.९५ 
९  ९  मिथिला (८ ) ४४४० २२२८  २२१२  १०१९  ६.०३
१०  १०  मिथिला (९ ) ४२२१ २१६८  २०५३  १०३६  ८.३५ 
११  ११  तुलसी (१ - ९  ) ४१५७ २१४३  २०१४  १०३८  ४०.५४ 
    जम्मा  ४८६७६ २४३६२  २४३१४  १०६५६  १८७.९४ 
राष्ट्रिय जनगणना २०७८ को  तथ्याङ्क अनुसार

 

                                                                                                                    मिथिला नगरपालिकाको नक्सा