मिथिला नगरपालिका नेपालको प्रदेश न. २ अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ। विशव मानचित्रमा ८५° ५४' पूर्व देशान्तरदेखि ८६° १’ ३०” पुर्बी देशान्तरसम्म र २६° ५४' १५” अक्षाशदेखि २७° ७’ ३५” उत्तरी अक्षाशसम्म फैलिएर रहेको मिथिला नगरपालिका २ न. प्रदेशको एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पशिचमतिर महोतरी जिल्ला, बटेश्वर गौपलिका, दक्षिनमा क्षिरेस्वरनाथ नगरपालिका र बटेश्वर गाउपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका रहेका छन् । मिथिला नगरपालिकालाई २०७१ पौष २८ गत्ते नगरपालिका घोषणा गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका, नकटाझिल, ढल्केबर र बेगाडावर गा. वि . स. समावेश गरि जम्मा ९ वडाहरु रहेका थिए भने मिती २०७३ फागुन २२ गत्ते साविकका तुलसी, पस्पवलपुर गाविस र क्षिरेश्वर नगरपालिका वडा न. ८ र ९ समवेश गरि जम्मा १० वाडा कायम गरेको थियो भने २०७४ साल जेष्ठ ८ गत्तेको मन्त्रिपरिषद्को निर्णय अनुसार साविकमा बटेश्वर गाउपालिकामा समायोजना हुन गएको साविकको बेगाडाबर गा.वि स. को वडा ५,६ र ७ को तत्कालिन मिथिला नगरपालिकाको वडा नं ८ लाई पुन: मिथिला नगरपालिकामा समायोजन भइ हाल ११ वटा कायम भएको छ । धनुषा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा सम्भावना बनेको नगरपालिकाको रुपमा मिथिला नगरपालिका त छदैछ असका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दिगो बिकासको क्ष्रोतका रुपमा रहेका छन्। रास्ट्रीय जनगणना २०६८ को तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४५,१६४ जना रहेकोमा महिलाको जनसंख्या ४९.९१ % र पुरुषको ५०.०८ % रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबस रहेको छ । जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी कोइरी तथा कुशवाहा जति १२,१९९ जना (२९.७३ ), दोस्रोमा क्षेत्री ४,०७९ (९.९४%) र तेस्रोमा तामाङ ३,३९९ (८.२८%) हरुको बसोबास रहेको छ । सरकारीका अलावा विकास साझेदारको रूपमा गरीवी निवारण कोष, लघु उधम विकास कार्यक्रम/गरीवी निवारणका लागि लघु उधम विकास कार्यक्रम स्थानीय सहयोगी संस्थाहरु मार्फत काम गरी रहेका छन् । महेन्द्रराजमार्ग पषपलपुर देखि रातो नदी सम्म भएर गएको छ । ग्रामीण तथा कृषी सडकहरुमा जनकराज राजमार्ग, वि. पि. राजमार्ग र विभिन्न खालको ढलान गरी बनाएका कच्चि सडकहरू रहेका छन् । |
मिथिला नगरपालिकाको बिस्तृत विवरण :
क्र. स. | नयाँ वडा | समावेश गा. वि .स /नगरपालिका | जनसंख्या | महिला | पूरुष | घरधूरी संख्या | क्षेत्रफल(वर्ग कि. मि ) |
१ | १ | मिथिला (६) | २९२१ | १४६४ | १४५७ | ५२९ | ६.५३ |
२ | २ | मिथिला (१ ,२ ) | ५६१० | २६९० | २९२० | ९६२ | ७.६६ |
३ | ३ | क्षिरेश्वरनाथ ना. पा. (८, ९ ) | ५६९४ | २७२३ | २९७१ | ९१४ | १३.९८ |
४ | ४ | पुस्पवलपुर (१-९) | २५९४ | १२१७ | १३७७ | ५२४ | ३२.६४ |
५ | ५ | मिथिला (३ ) | २९३३ | १४०३ | १५३० | ५०२ | ३१.९५ |
६ | ६ | मिथिला (५ ) | ४३८१ | २१७७ | २२०४ | ७९८ | ४.५ |
७ | ७ | मिथिला (४ ) | ३६०५ | १८५३ | १७५२ | ६९५ | १५.८१ |
८ | ८ | मिथिला (७ ) | ४३६९ | २१०० | २२६९ | ७८४ | १९.९५ |
९ | ९ | मिथिला (८ ) | ४१३४ | १९६४ | २१७० | ७९५ | ६.०३ |
१० | १० | मिथिला (९ ) | ३६२२ | १८०८ | १८१४ | ७०२ | ८.३५ |
११ | ११ | तुलसी (१ - ९ ) | ५३०१ | २६८७ | २६१४ | १०२४ | ४०.५४ |
जम्मा | ४५१६४ | २२०८६ | २३०७८ | ८२२९ | १८७.९४ |
मिथिला नगरपालिकाको नक्सा