- English
- नेपाली
मिथिला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ। विशव मानचित्रमा ८५° ५४' पूर्व देशान्तरदेखि ८६° १’ ३०” पुर्बी देशान्तरसम्म र २६° ५४' १५” अक्षाशदेखि २७° ७’ ३५” उत्तरी अक्षाशसम्म फैलिएर रहेको मिथिला नगरपालिका मधेश प्रदेशको एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पशिचमतिर महोतरी जिल्ला, बटेश्वर गौपलिका, दक्षिनमा क्षिरेस्वरनाथ नगरपालिका र बटेश्वर गाउपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका रहेका छन् । मिथिला नगरपालिकालाई २०७१ पौष २८ गत्ते नगरपालिका घोषणा गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका, नकटाझिल, ढल्केबर र बेगाडावर गा. वि . स. समावेश गरि जम्मा ९ वडाहरु रहेका थिए भने मिती २०७३ फागुन २२ गत्ते साविकका तुलसी, पस्पवलपुर गा.वि.स. र क्षिरेश्वर नगरपालिका वडा न. ८ र ९ समवेश गरि जम्मा १० वाडा कायम गरेको थियो भने २०७४ साल जेष्ठ ८ गत्तेको मन्त्रिपरिषद्को निर्णय अनुसार साविकमा बटेश्वर गाउपालिकामा समायोजना हुन गएको साविकको बेगाडाबर गा.वि स. को वडा ५,६ र ७ को तत्कालिन मिथिला नगरपालिकाको वडा नं ८ लाई पुन: मिथिला नगरपालिकामा समायोजन भइ हाल ११ वटा वडा कायम भएको छ । धनुषा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा सम्भावना बनेको नगरपालिकाको रुपमा मिथिला नगरपालिका त छदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दिगो बिकासको क्ष्रोतका रुपमा रहेका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४८६७६ जना रहेकोमा महिलाको जनसंख्या २४३६२ र पुरुषको २४३१४ रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबस रहेको छ । |
मिथिला नगरपालिकाको बिस्तृत विवरण :
क्र. स. | नयाँ वडा | समावेश गा. वि .स /नगरपालिका | जनसंख्या | महिला | पूरुष | घरधूरी संख्या | क्षेत्रफल(वर्ग कि. मि ) |
१ | १ | मिथिला (६) | ३५८१ | १७०६ | १८७५ | ७३१ | ६.५३ |
२ | २ | मिथिला (१ ,२ ) | ५९६७ | २९९० | २९७७ | १२५८ | ७.६६ |
३ | ३ | क्षिरेश्वरनाथ ना. पा. (८, ९ ) | ६११५ | ३०३५ | ३०८० | १२४५ | १३.९८ |
४ | ४ | पुस्पवलपुर (१-९) | २७८४ | १४३३ | १३५१ | ६४१ | ३२.६४ |
५ | ५ | मिथिला (३ ) | २९७३ | १४५९ | १५१४ | ५५२ | ३१.९५ |
६ | ६ | मिथिला (५ ) | ३१६२ | ३०२४ | ३१३८ | १२७३ | ४.५ |
७ | ७ | मिथिला (४ ) | ३९८७ | १९७४ | २०१३ | ९०२ | १५.८१ |
८ | ८ | मिथिला (७ ) | ४२८९ | २२०२ | २०८७ | ९६१ | १९.९५ |
९ | ९ | मिथिला (८ ) | ४४४० | २२२८ | २२१२ | १०१९ | ६.०३ |
१० | १० | मिथिला (९ ) | ४२२१ | २१६८ | २०५३ | १०३६ | ८.३५ |
११ | ११ | तुलसी (१ - ९ ) | ४१५७ | २१४३ | २०१४ | १०३८ | ४०.५४ |
जम्मा | ४८६७६ | २४३६२ | २४३१४ | १०६५६ | १८७.९४ | ||
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार |
मिथिला नगरपालिकाको नक्सा