वालुवा, गिट्टी, ढुंगा रोडा र ग्राभेलको उत्खनन्, संकलन र विक्री कर संकलन गर्ने ठेक्का बन्दोवस्ती सम्बन्धि ३० (तीस) दिने शिलबन्दी बोलपत्र आह्वानको सुचना ।

यस मिथिला नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने निम्न आय शिर्षकमा आ. व. २०७६/०७७ को लागि उत्खनन्, संकलन र विक्री करको ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छक फर्म वा कम्पनीहरुबाट आफनो फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, कर चुक्ताको प्रमाणित प्रतिलिपिहरु तथा कार्य गर्न योग्य भएको स्वघोषणा पत्र पेश गरी निम्न शर्तहरुका अधिनमा रही सूचना प्रकाशित भएको मितिले ३० औं दिन मिति २०७६।६।२५ गते विदा परेकोले मिति २०७६।६।२६ सम्म रु. ५,०००।०० (पाँच हजार) नगदै राजस्व उप-शाखामा तिरी बोलपत्र फाराम खरिद सो को भोली पल्ट मिति २०७६।६।२७ गते दिनको १२.०० बजे सम्म आफुले कबोल गर्ने रकम उल्लेख गरी दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ।